• स्यांग्जा जनसेवा समिति हंगकंगको पाँचौ अधिवेसन
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
१५ अगस्त २०१० का दिन जोर्डनको कङ्गन रेष्टुरेन्टमा स्याङ्जा जनसेवा समिति हङ्कङ्को
पाचौं अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनले निवर्तमान उपाध्यक्ष कोमल गुरुङ्को
अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन गरेको छ ।

 प्रमुख अतिथि हङ्कङ् नेपाली महावाणिज्यदुत श्री विनोद कुमार उपाध्यायको
अनुपस्थितिमा सम्पन्न भएको सो अधिवेशन समितिका अध्यक्ष भक्त गुरुङ्को अध्यक्षतामा
सम्पन्न भएको थियो भने कार्यक्रम समितिकै सचिव भोजेन्द्र गुरुङ्ले सञ्चालन गरेका थिए।
यसै गरि विशेष अतिथिहरुमा हङ्कङ् नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर र गैर
आवसिय नेपाली संघ हङ्कङ्का अध्यक्ष त्रिलोक गुरुङ् हुनुहुन्थ्यो भने अन्य
अतिथिहरुमा हङ्कङ् एकिकृत नेपाली समाजका अध्यक्ष बुद्दि बहादुर थापा,पर्वत मञ्चका
अध्यक्ष दुर्गा गुरुङ्,लम्जुङ सेवा समिति हङ्कङ्का अध्यक्ष सत्य घले,आदिवासी जनजाति
महासंघका अध्यक्ष एमबी थापा मगर,तमु टहो ह्युल हङ्कङ्का अध्यक्ष ईच्छा कुमारी गुरुङ् र
किरांत राई यायोख्खाका अध्यक्ष किशन राई हुनुहुन्थ्यो। यसै गरि समितिका सल्लाह्कार
तथा विशिष्ट सदस्यहरु अर्जुन कुमार गुरुङ्,टम गुरुङ्,भीम प्रसाद काफ्ले,बेल प्रसाद गुरुङ् र
जगत गुरुङ्लाई पनि अतिथ्य प्रदान गरिएको थियो र मिडियाको तर्फबाट जेपीटी एचके
डट कम,हङ्कङ् नेपाली डट कम,एचके नेपाल डट कम र मेरो स्याङ्जा डट कमका
प्रतिनिधिहरु थिए।

  प्रमुख अतिथि हङ्कङ् नेपाली महावाणिज्यदूत विनोद कुमार उपाध्यायको अनुपस्थितिमा
समितिका अध्यक्ष भक्त गुरुङ्बाट दीप प्रज्वलन गरि उद्दघाटन गरिएको कार्यक्रमको स्वागत
मन्तब्य समितिकै उपाध्यक्ष कोमल गुरुङ्ले गरेका थिए भने कार्यक्रमको यस खुला सत्रको
क्रममा विभिन्न संघसंस्थाबाट पाल्नु भएका अतिथि महानुभावहरुले अधिवेशनको
सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। यसै क्रममा पहिलो वक्त समितिकै
सल्लाहकार अर्जुन कुमार गुरुङ् हुनुहुन्थ्यो भने दोस्रो वक्त मेरो स्याङ्जा डट
कमको तर्फबाट संस्थापक तथा सञ्चालक प्रेम गुरुङ् युकेबाट र प्रधान सम्पादक रत्न काफ्ले
काठ्माण्डौबाट स्याङ्जा जनसेवा समिति हङ्कङ्को पाचौं अधिवेशनलाई सफलताको कामना
गर्दै पठाइएको शुभकामना सन्देश समितिकै सल्लाह्कार तथा विशिष्ट सदस्य भीम प्रसाद
काफ्लेले पढेर सुनाउंनु भएको थियो। त्यसै गरि समितिकै सल्लाहकार तथा आदिवासी
जनजाति महासंघका अध्यक्ष एमबी थापा मगर,पर्वत मञ्चका अध्यक्ष दुर्गा गुरुङ्,किरांत राई
यायोख्खाका अध्यक्ष किशन राई र तमु टहो हयुलका अध्यक्ष ईच्छा कुमारी गुरुङ्ले
अधिवेशनलाई शुभकामना व्यक्त गरेका थिए।

 शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा लम्जुङ सेवा समिति हङ्कङ्का अध्यक्ष सत्य घलेले
स्याङ्जा र लम्जुङ विचको सम्बन्ध त घनिष्ठ छंदैछ। स्याङ्जा जनसेवा समिति हङ्कङमा
स्थापित अरु संघसंस्थाहरु भन्दा सक्रिय रुपले अगाडि बढिरहेको छ भन्दै स्याङ्जा जनसेवा
समितिद्वारा आयोजित् भलिबल प्रतियोगिता किन नहोस र आंधीखोला सांझ जस्तो
सांस्कृतिक कार्यक्रम किन नहोस, पूर्ण सफलता एवम भब्यताका साथ सम्पन्न गरिसकेका छन्
। अबको बन्ने भावी कार्यसमिति पनि यसै गरि सक्षम र सक्रियपूर्ण होस भन्दै भावी
कार्यसमितिलाई सफलताको कामना व्यक्त गर्नु भएको थियो। यसै क्रममा गैर आवसिय
नेपाली संघ हङ्कङ्का अध्यक्ष त्रिलोक गुरुङ्ले स्याङ्जा जनसेवा समितिले हङ्कङ्को पृष्ठभूमिमा
छुट्टै किसिमको छाप बसाई सकेको छ भन्दै प्रशंसा गर्नुभएको थियो र गैर आवसिय
नेपालीहरुको लागि परिचय पत्र लिनु पर्ने कुरा पनि अवगत गराउंनु भएको थियो र अन्तिम
वक्त हङ्कङ् नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरले महासंघलाई कुनै ब्यक्तिगत,
जातियता र पार्टीको हैसियतले नहेर्न आग्रह गर्दै आफुले २ डलरको नूडल्स खाएर भए पनि
महासंघ चलाउंने प्रण गर्नु भएको छ भने आम नेपालीहरुको लागि नेपाली भवन बनाउंने
कोशिसमा लागि पर्ने प्रतिवद्दता पनि जाहेर गर्नु भएको थियो।

 कार्यक्रम सञ्चालन गर्ने क्रममा सचिव भोजेन्द्र गुरुङ्ले स्याङ्जालीहरुले हङ्कङ्का विभिन्न
क्षेत्रहरुमा छ्ट्टै आफ्नो पहिचान बनाउंन सफल भएको कुरा कार्यक्रममा उपस्थित सम्पूर्ण
महानुभावहरुलाई पनि जानकारी गराउंनु भएको थियो। जस्तै स्याङ्जा निवासी गम गुरुङ्
हङ्कङ् सरकारबाट असल नागरिकबाट सम्मानित,एक नारायण शर्मा हङ्कङ्कै पहिलो नेपाली
सोलिसिटर (वकिल),समितिकै उपाध्यक्ष कोमल गुरुङ् हङ्कङ् न्यूटेरिटोरिजबाट विधान
सभाको चुनावमा उम्मेदवार र हालै मात्र हङ्कङ् एकिकृत नेपाली समाजका अध्यक्ष बुद्दि
बहादुर थापालाई हङ्कङ् सरकारबाट नेपाली समाजमा विशिष्ट काम गरे वापत मेडल
अफ रनर पदक बाट सम्मानित गरेको छ। यसै अवसरमा स्याङ्जा जनसेवा समिति हङ्कङ्ले
वहांलाई खादा ओडाएर फूलको गुच्छाले सम्मान गरियो।

 अधिवेशनको खुला सत्रको अन्तमा अध्यक्ष भक्त गुरुङ्ले सन २००१ मा स्थापित यो
स्याङ्जा जनसेवा समिति हङ्कङ् विगतदेखि आजको यो स्थिति सम्म कसरी आईपुग्यौं।
यसमा विगतका कार्यसमितिका साथीहरु कसरी खट्नु भएको छ र सम्पूर्ण
स्याङ्जावासीहरुले हरेक पाइलामा पाइला र गलामा गला गर्दै के कस्ता संघर्षहरु गर्नु भएको
छ र यस दौरानमा कत्तिले प्रशंसा पनि गरे होलान कत्तिले कुन दृष्टिकोंणले हेरेको होलान। जे
होस आजको यो स्थितिमा आइपुग्दा सम्म समिति अवश्य पनि सफल भएको म महशुस
गर्दछु। यस सन्दर्भमा हाम्रो स्याङ्जा जनसेवा समितिलाई हमेशा सफलता मिलोस। यही
शुभकामना जाहेर गर्दै विभिन्न संघसंस्थाका प्रमुखहरुले आफ्नो अमुल्य समयलाई थांती
राखेर पनि हाम्रो यो अधिवेशनलाई शुभकामना दिन आउंनु भएकोमा म आफ्नो ब्यक्तिगत,
सिंगो कार्यसमिति,हङ्कङमा रहेका सिंगो स्याङ्जाली जनसमुदाय लगायत विश्व भरि छरिएर
रहनु भएका सम्पूर्ण स्याङ्जालीहरुको तर्फबाट आभार ब्यक्त गर्न चाहन्छु भन्दै अध्यक्ष भक्त
गुरुङ्बाट कार्यसमितिको विघटन भएको साथै खुला सत्रको कार्यक्रम समापन
भएको घोषणा गर्नु भएको थियो।

 अधिवेशनको खुला सत्रको अन्त पछि बन्द सत्र समितिका सल्लाहकार तथा
विशिष्ट सदस्य टम गुरुङ्को अध्यक्षता रहेको अध्यक्ष मण्डलमा सदस्यहरु बेल प्रसाद गुरुङ् र
जंग बहादुर गुरुङ् रहेका थिए। अध्यक्ष मण्डलकै आदेशमा निवर्तमान सचिव भोजेन्द्र गुरुङ्ले
सांगठानिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष श्रीमती रीता गुरुङ्ले आर्थिक
प्रतिवेदन पेश गरेका थिए। अन्तत: सांगठानिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा
पारित भइ गडगडाहट ताली बजेको थियो। यसैगरी सहसचिव भानबीर गुरुङ्बाट विधान
संशोधनको प्रस्तावलाई अगाडि बढाइएको थियो भने संशोधन उपर सामान्य छलफल पछि
पारित भएको थियो। सांगठानिक,आर्थिक र विधान संशोधन प्रतिवेदन सर्वसम्मत
पारित भई सकेपछि अध्यक्ष मण्डलले आफ्नो प्रक्रिया अगाडि बढाउंने क्रममा उम्मेदवारी
आहवान गर्दा कुनै पनि पदको लागि प्रतिद्वन्दी उम्मेदवार नपरेकाले सर्वसम्मत रुपले
कार्यसमिति चयन भएको छ। समितिका सल्लाहकार तथा विशिष्ट सदस्य टम गुरुङ्को
अध्यक्षतामा ३ सदस्यीय अध्यक्ष मण्डल वेल प्रसाद गुरुङ् र जंग बहादुर गुरुङ्द्वारा
सञ्चालित उक्त निर्वाचन पूर्ण वातावरणमा सर्वसम्मतले ११ सदस्यीय नयां कार्यसमितिको
नामावली अध्यक्ष मण्डलका टम गुरुङ्ले घोषणा गरेका थिए।

पाचौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको नामावली निम्न प्रकार रहेको छ।
१।अध्यक्ष-कमल गुरुङ्, पुतली बजार-१
२।उपाध्यक्ष-भानबीर गुरुङ्,सिर्सिकोट-५
३।सचिव-भोजेन्द्र गुरुङ्,पेल्काचौर-६
४।सह सचिव-चौ गुरुङ्,वालिङ्-८,(रामबाच्छा)
५।कोषाध्यक्ष-श्रीमती रीता गुरुङ्,फेदीखोला-८
६।सदस्य-लक्ष्मण गुरुङ्,राङ्खोला-१२
७।सदस्य-मुक काजी गुरुङ्,माझकोट शिवालय-८
८।सदस्य-प्रेम थापा,राङ्भाङ्-४
९।सदस्य-चन्द्र बहादुर गुरुङ्,पिंडीखोला-१
१०।सदस्य-सुक बहादुर गुरुङ्, देउवा-६
११।सदस्य- ठागु कुमार मल्ल,पुतली बजार-१

 अन्तमा, नवनिर्वाचित अध्यक्ष कोमल गुरुङ्ले आफुलाई यो अधिवेशनले पूर्ण विश्वासको
साथ अध्यक्ष पद सम्हाल्ने जिम्मेवारी दिएकोमा उपस्थित सम्पूर्ण जिल्लावासीहरुलाई
हिर्दयदेखि नै धन्यवाद टक्र्याउंनु भएको थियो र यो अधिवेशनले दिएको जिम्मेवारी बहन
गर्न आफु तन,मन र वचनले लागि पर्ने प्रतिवद्दता ब्यक्त गर्दै यो अधिवेशनले
समेट्न नसकेका मित्रवन्धुहरुलाई समेत समेटेर समितिलाई मजवुत बनाउंने प्रण गर्नु भयो र
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई कार्यसफलताको कामनाको साथ स्याङ्जा
जनसेवा समिति हङ्कङ्को यो पाचौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा उपस्थित सम्पूर्ण
जिल्लावासीहरुलाई स्याङ्जा जनसेवा समिति हङ्कङ् आभार ब्यक्त गर्दछ भन्दै अधिवेशन
समापनको घोषणा गर्नु भएको थियो ।    


प्रस्तोता-
मुक काजी गुरुङ्
मेरो स्याङ्जा डट कम,हङ्कङ्।
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
  • नयाँ भिडियो