आदिवासी जनजाति वृहत मोर्चाको आयोजनामा आज नेपाल बन्द
रोशनी तमू- १७ पौष पोखरा

संविधानसभामा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितता लागि
भन्दै आदिवासी जनजाति बृहत मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण आज
देशैभरको जनजीवन प्रभावित भएको छ ।
सयुक्त राष्ट्रसंघले जारी गरेको महासन्धि १ सय ६९ कार्यान्वयनको माग उनीहरुले गरेका
छन् । मोर्चाले संविधानसभामा स्वतन्त्र, पुर्वजानकार मञ्जुरीको संयन्त्र निर्माण गरी
महासन्धि कार्यान्वयनको माग गरेका हुन् । आफुहरुको सबैखाले माग र
अधिकारको कुरा राज्यले वेवास्ता गरेको विरोधमा आदिवासी जनजाती वृहत मोर्चा
नेपालले आयोजना  गरेको बन्द कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघ र
जनजाति सम्बन्धी विभिन्न जातिय संघ संस्थाहरुले सर्मथन गरेका छन ।

यसैबीच पोखरामा बन्दको प्रभाव पुर्णरुपमा परेको छ । पोखरामा सार्वजनिक तथा निजी
सवारी साधन संचालनमा आएका छैनन् भने प्रेस, मानअधिकारकर्मी, रेडक्रस र
कुटनीतिक नियोगका सवारी साधनमा भने कुनै रोक लगाइएको छैन ।

यसअघि बन्दको प्रचार प्रसारका लागि हिजो साँझ देशैभर मसाल जुलुस प्रदर्शन गरिएको
थियो । पोखरामा लखनथापा चोकबाट सुरु भएको मसाल जुलुस नयाँबजार हुँदै
भीमसेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै मोर्चाका कास्की जिल्ला संयोजक धर्मबहादुर तमुले आफूहरुको माग
सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो । विगतका संघर्षबाट पाठ
सिकिसकेकोले अबको आन्दोलनमा कुने सम्झौता नगरिने वहाँको भनाई थियो ।
कोणसभालाई विभिन्न जनजातिका नेताहरुले सम्बोधन गरेका थिए ।








म भारतीय सेनाको पनि सेनापति हुँ – छत्रमान १६ पौष

नेपाली सेनाका प्रधान सेनापति छत्रमान गुरुङले आफु भारतीय सेनाको पनि सेना पति
भएको बताउनुभएको छ ।
तमु धीं नेपालले आफ्नो रजत जयन्तीको अवसरमा पोखरामा आयोजना गरेको सम्मान
कार्यक्रमा बोल्दै उहाँले भारतले आफुलाई  मानार्थ सेनापति को र्दज्यानी दिएको हुनले
आफु आजीबन भारतीय सेनाको पनि सेनापति भएको दावी गरेका छन ।
आफुलाई भरतले सेनापति को र्दज्यानी दिनु नेपालकै लागि ठुलो भएको समेत उनको
भनाई छ ।

कार्यक्रममा ल्होसारको अवसरमा आयोजना गरीएका विविध कार्यक्रमका विजयीहरुलाई
सेनापति गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । सोही कार्यक्रममा तमु धी नेपालले
प्रधानसेनापति गुरुङलाई भांग्रो लगाएर सम्मान गरेको थियो ।
  • Your Comments
HTML Comment Box is loading comments...
याङ्जाकोटलाई नमूना गाउँ बनाइने ।
रोशनी तमू-२४,पौष पोखरा ।

वरिष्ट शिक्षा विद डा.जगमान तमूले याङ्जाकोट गाउँलाई रिङरोडको
माध्यमबाट नेपालकै नमूना गाउँ बनाउने कूरा बताउनू भएको छ ।

यााङ्जाकोट तमू  समाज माटेपानी पोखराले आज पोखरामा आयोजना गरेको प्रतिभा
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले सो धारण व्यक्त गनर्’ भएको हो । गाउँका
मानिसहरु सबै आफनो गाउँघर छोडेर सेवा र सुविधा उपभोग गर्ने बहानामा
शहर बजारमा मात्रै केन्द्रित भएको र आफनो गाउँघरलाई वेवास्ता गरेको प्रति चिन्ता
व्यक्त गर्दे उहाँले सबै गाउँलेलाई एक जूट भएर गाउँको विकासमा लाग्न आग्रह गर्नु भयो ।

२९० घर धुरी रहेको याङ्जाकोट गाउँमा भर्खरैमात्रै राष्ट्रिय प्रशारण लाईन मार्फत विजुली
बलेपछि सम्पुर्ण गाउँबासीमा यति बेला खुशी छाएको भन्दै उहाँले  अब चाँडै नै सो गाँउमा
नेपाल सरकार र भारत सरकार दुवैको तर्फबाट मोटर बाटो जाने पक्क भए पछि
सो गाउँलाई नेपालकै पहिलो रिङरोड भएको नमुना गाउँको रुपमा विकास गर्नका निम्ती
आफुले जति सक्दो पहल गरिने डा. तमुले बताउनु भएको छ । सो गाउँमा पोखराबाट
कालिका हुदै र पोखराबाट सिल्दुजुरे हुदै दुईवटा बाटोहरुबाट मोटरबाटो पुग्ने भएपछि
छिमेकी गा.वि.स र दरमुकाम पोखरा आवत जावत गर्न सहज हुने भएको छ ।
याङ्जाकोट तमु समाजले आफनो रजत जयान्ती मनाउने कार्यक्रम अन्र्तगत सो
कार्यक्रमको आयोजना गरिएको हो । सो समाजले विभिन्न प्रतिभावान व्यक्तिहरु आफनो
समाजले जन्माउन सफल भएको भन्र्दैे विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसरी
सम्मान हुनेहरुमा समाजका पुर्व  अध्यक्षहरु, पच्यु गुरु जगनसिंह तमु , क्लेप्री गुरु
दुर्गाबहादुर तमु, खेलाडी द्धय रुप तमु र असिश तमु कलकारहरु मनिला तमु, बेलमाया
तमु, पुर्णकला तमु, पुर्णबहादुर तमु, तथा सञ्चारकर्मी य रोशनी तमु र पुजा तमु  रहेका छन
।  
तमू विद्यार्थी छोंज धिंको पत्रकार सम्मेलन
रोशनी तमू- २६, पौष पोखरा  

नेपाल तमू विद्यार्थी छोंज धिं को छैठौ राष्ट्रिय सम्मेलन आगमी फागुनमा विश्वक सुन्दर
नगरी पोखरामा हुने भएको छ ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो जानाकारी गराईएको हो । फागुनको
६,७ र ८ गते पोखरामा हुने उक्क्त सम्मेलनमा नेपालको पुर्व ताप्लेजुङ्गदेखि पश्चिम
कञ्चनपुरसम्मका करिब ५० वटा जिल्ला समितिहरुबाट ५०० जना प्रतिनिधि र ५००
जना पर्यवेक्षकहरु सहभागि रहने भएको छ भने मुलुक बाहिराबाट पनि तमू तमू
विद्यार्थीहरुको सहभागिता रहने छ ।
समान शिक्षाको लागि विद्यार्थी आन्दोलन, तमूवान प्राप्तीको पक्षमा छैठौं राष्ट्रिय सम्मेलन
भन्ने मुल नाराका साथ हुन गई गइरहेको सो सम्मेलनको उदघाटन सत्र पोखरा
चिप्लेढुगांबाट ¥याली शुरु भई नगरको विभिन्न भाग परिक्रमा गरि पोखरा सभागृहमा गई
सभामा परिणत हुने र सम्मेलनको बन्दसत्र पनि पोखरा सभागृहमा नै हुने भएको छ ।
सम्मेलन सम्पन्न गर्न कूल १६ लाख खर्च लाग्ने र  देशभरिको संगठन , विदेश स्थीत तमू
संघ सस्थाहरु एव तमू समुदाय मार्फत सो रकम संकलन गरिने भएको छ ।
सम्मेलन सफल पार्नका निम्ती १११ सदस्यीय मूल आयोजक समिति पनि गठन
गरिएको छ भने विभिन्न आठ वटा उपसमितिहरु पनि गठन गरिएको नेपाल तमू विद्यार्थी
छोंज धिं का केन्द्रिय अध्यक्ष नरबहादुर तमूले जानाकारी दिनु भएको छ ।
तमू विद्यार्थी छात्रवृत्ति छनौट परिक्षको नतिजा सार्वजानिक
रोशनी तमू- २७ पौष पोखरा

तमू साँस्कृतिक प्रतिष्ठान पोखराले आगमी ०६७ सालमा वितरण गरिने छात्रवृत्तिको लागि
लिइएको छनौट परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

गत पौष ११ गते लिइएको सो परिक्षमा  कास्की, स्याङ्जा, तनहुँ, पर्वत, लमजुङ्गका कूल
२० वटा विद्यालयका ३९ जना विद्यार्थी सहभागि भएका थिए । ति विद्यार्थीहरुमध्ये
जेहेन्दार, गरिव, दुर्गम क्षेत्र आदिको आधारमा ८ जना विद्यार्थीलाई छनौट गरिएको छ ।
यसरी छनौट हुनेमा चण्डी डाडा मा.वि. मट्टीखान स्याङ्जाका सपना तमू र बुद्ध
तमू ठाँटी मा.वि. पसगाउँ लमजुङ्गका प्रविण तमू, मेश्रम बराह मा.वि. घान्द्रुकका करण
तमू, पृथ्वी नारायण मा.वि धम्पुसका विना तमू, माछापुच्छे« मा.वि. भुर्जुङखोलाका
कृष्णकुमारी तमू, पञ्चकोशी उच्च मा.वि. अर्थर पर्वतका प्रितम तमू र सरस्वती मा.वि.
थप्रेक तनहुँका आकृति तमू रहेका छन ।

परिक्षामा सम्लित विद्यार्थीहरुलाई छनौट गर्नका निम्ती प्राध्यपक डा.विरेन्द्रसिंह तमूको
संयोजकत्वमा ५ सदस्यीय छनौट समिति गठन गरिएको थियो । आगमी वैशाखबाट लागु
हुने गरि प्रदान गरिने उक्त छात्रवृत्ति प्रत्येक विद्यार्थीलाई जनही
मासिक रु पाँच सयका दरले एकमुष्ट वार्षिक रुपमा प्रदान गरिने आज पोखरामा आयोजित
एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष झमबहादुर तमूले जानकारी दिनु भएको छ ।
श्रमजीवी पत्रकार ऐन लागू गर्न प्रतिष्ठानलाई आग्रह
पोखरा २९, पुस

क्रियाशील युवा पत्रकार संघ नेपालले पोखरामा रहेका सवै संचार माध्यमले  सरकारले
तोकेको श्रमजीवी ऐन अनुसारको नियुक्तिपत्र एवं पारिश्रमिक संवन्धित हाउसमा कार्यरत
पत्रकारलाई उपलव्ध गराउन आग्रह गरेको छ ।
संघको आज वुधवार पोखरामा सम्पन्न वैठकले सो आग्रह गर्ने निर्णय गरेको हो । श्रमजीवी
पत्रकारको ऐनले नै मिडिया हाउस संञ्चालन हुन सक्ने वताउँदै संघले कामदारको
पसिनालाई सम्मान गर्न मिडिया संञ्चालक सँग एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
पोखराका केही संञ्चार माध्यममा श्रमजीवी ऐन लागू भै सकेको सन्धर्वमा केही संञ्चार
माध्यममा अझै पनि ऐन प्रति हाउस नाजावाफ वनेको प्रतिकृया स्वयं श्रमजीवी
पत्रकारवाट आएपछि संघले ऐनको पूर्ण परिपालना गराईदिन मिडिया हाउसलाई आग्रह
गरेको छ ।
संघले संपूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई मिडिया हाउसमा
श्रमजीवी ऐन लागू भए नभएको वारे अनुगमन गरी लागू नभएका मिडियामा तत्काल
ऐनलागू गर्न पहल गरिदिन अनुरोध गर्ने निर्णय गरेको संघका अध्यक्ष कमल पौडेल
अथकले वताउनुभयो ।
संघको बैठकले  श्रमजीवी ऐन कार्यान्वयन पहल संवन्धमा भोलि दिनको ठिक १२ वजे
नेपाल पत्रकार महासंघ कास्कीलाई एक अनुरोध पत्र बुझाउने  निर्णय गरेको छ ।
नेपाल तमू विद्यार्थी छोंज धिं कास्कीको ८औं जिल्ला सम्मेलन हुने
रोशनी तमू ÷१६ माघ पोखरा

नेपाल तमू विद्यार्थी छोंज धिं जिल्ला समिति कास्कीको आज सम्पन्न एक भेलाले यहि
माघ २७ गते ८आंै जिल्ला सम्मेलन गर्न निर्णय गरेको छ ।

सम्मेलन सम्पन्न गर्नका लागि लिला तमूको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक
कमिटि पनि गठन गरिएको छ । जसको सह संयोजकमा टेक तमू , सचिव युवाराज तमू र
सहसचिवमा रिम तमूलाई चयन गरिएको छ ।

यसैगरि सम्मेलन सफल पार्न र सबै तमू विद्यार्थीलाई परिचालन गर्नका लागि पोखराका
विभिन्न क्याम्पस तथा उच्च मा.वि.हरुमा एक – एक जना इन्चार्ज समेत तोकिाएको छ ।
तमू प्ये ल्हु संघको केन्द्रिय कार्यलय शक्तिघाट पोखरामा हुने सम्मेलनको तमू ह्युल छोंज
धिं का वरिष्ट उपाध्यक्ष विनोदकुमार तमूले उदघाटन गर्नु हुने भएको छ ।  

यस अघि भेलालाई सम्बोधन गर्दे तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय
सदस्य मनोज तमूले तमू युवाहरुलाई लाहुरे हुने प्रथाले सिध्याउन लागेको प्रति चिन्ता
व्यक्त गर्दे सबै तमू युवाहरुलाई पढेर आफनै देशमा नै परिश्रम गर्न सिक्औ भन्ने अग्रह गर्नू
भयो । नेपाल तमू विद्यार्थी छोंज धिं सम्पुर्ण तमू विद्यार्थीहरुको साझा संगठन भएकोले
जुनसुकै आस्था र विचार भएको तमू विद्यार्थी यसमा आबद्ध भएर अघि बढन सकिने
विचार उहाँले व्यक्त गर्नु भयो ।

नेपाल तमू विद्यार्थी छोंज धिं का कास्की जिल्ला अध्यक्ष लिला तमूको सभापतित्वमा
सम्पन्न कार्यक्रममा कास्कीका संगठन विभाग प्रमुख लालबहादुर तमू , कोषअध्यक्ष
रोशनी तमू ,तमू ह्युल छोंज धिं का केन्द्रिय सदस्य एवं पोखरा उपत्यका प्रमुख टेकबहादुर
तमू लागयतले बोल्नु भएको थियो ।
आदिबासी÷जनजाति बृहत मोर्चा नेपालद्वारा पोखरामा विशाल आमसभा गर्ने
तयारी
रोशनी तमू- पोखरा, माघ २१

आदिबासी÷जनजाति बृहत मोर्चा नेपालले दोश्रो चरणको आन्दोलन अन्तर्गत यही माघ
२५ गते पोखरामा विशाल आमसभा गर्ने भएको छ ।
पहिलो चरणको आन्दोलनमा उठाइएका मागप्रति सरकार मूकदर्शक बनेको भन्दै मोर्चाले
घोषणा गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत पोखरामा उक्त आमसभा गर्न लागेको हो
।पोखरामा गरिने विशाल आमसभाको तयारीका बारेमा जानकारी दिदै मोर्चाका कास्की
संयोजक धर्मबहादुर तमुले आफूहरुको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेकोले
आफूहरुले दोश्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताउनुभयो ।
आज बसेको बैठकको निर्णयबारे जानकारी दिदै तमुले सो कुरा बताउनुभएको हो ।
निर्धारित समयमा नयाँ संविधान निर्माण गर्नुपर्ने र नयाँ बन्ने संविधानमा
आदिबासी÷जनजातिका हक अधिकार सुनिश्चित हुनुपर्ने माग सहित आन्दोलनमा उत्रेको
मोर्चाले दोश्रो चरणको शान्तिपूर्ण आन्दोलन अन्तर्गत ज्ञापनपत्र बुझाउने र अन्तरक्रिया
गर्ने, देशमा विभिन्न सहरहरु पोखरा, धरान, नेपालगञ्ज र नारायणगढमा आमसभा गर्ने,
जिल्लामा संघर्ष समिति गठन गर्ने तथा सदन र संविधानसभामा सांकेतिक रोष्ट्रम घेराउ
गर्ने लगायतका कार्यक्रमहरु रहेको बताएको छ ।
मोर्चाले नयाँ संविधानमा आदिबासी÷जनजातिको अधिकारबारे निर्णय गर्नुअघि
संविधानसभामा जानकारहरुको संयन्त्र निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनमाथि
अग्राधिकार तथा ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्त इकाई दिइनुपर्ने
लगायतका माग राखी ६ मंसिरदेखि १७ पुससम्म पहिलो चरणको आन्दोलन
गरेको थियो ।
पोखरामा हुने आमसभालाई मोर्चाका केन्द्रीय संयोजक डा. कृष्ण भट्टचन, सुरेश
आलेमगर लगायतका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल
आदिबासी÷जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर
घर्तीले जानकारी दिनुभयो । पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा गरिने
विशाल आमसभाका लागि मोर्चाले विभिन्न जातीय संघसंस्थाहरुलाई सहभागिताको लागि
आव्हान गर्ने निर्णय समेत गरेको छ । सो आमसभामा पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न
जिल्लाबाट समेत आदिबासी÷जनजातिहरुको उपस्थिति रहने जनाइएको छ ।
तमू प्ये को संरक्षण गर्न पोखरामा वृहत राष्ट्रिय भेला सम्पन्न
रोशनी तमू- २१ माघ पोखरा ।

तमू प्ये ल्हु संघ यू. के शाखाद्धारा आयोजित प्ये ताँ ल्हु ताँ बारे राष्ट्रिय भेला पोखरामा
सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको सो भेलामा तमूहरुको खेगीले मृत्यु कार्य र अघौं कार्यमा र्माैखिक
रुपमा प्रयोग गर्दे आएको प्येलाई संकलन गरी लिखित रुपमा व्यवस्थित गर्ने
बारेमा वृहत छलफल भएको छ । छलफलमा धार्मिक तथा साँस्कृतिक रुपमा भित्रिएको
विकृतिका साथै पछिल्लो समयमा देखिएको विचलनका बारेमा सबै तमूहरु सचेत हुनुपर्ने
भन्दै जातीय अस्तित्व र पहिचानका लागि एक भएर लाग्नु पर्ने आवश्यकता औल्याएका
थिए ।  
भेलामा स्याङ्जा ,कास्की , तनहुँ, चितवन, नवलपरासी, तथा रुपन्देही लगायतका
विभिन्न जिल्ला साथै हङकङ र यु.के.बाट पनि खेगीहरुको सहभागिता रहेको थियो । उक्त
भेलामा तमू प्ये ल्हु संघ यु.के. शाखाका अध्यक्ष जगत तमू, केन्द्रिय अध्यक्ष ले.
इन्द्रबहादुर तमू , कास्कीका अध्यक्ष क्या.रुपबहादुर तमू , तनहुँ शाखाका अध्यक्ष
हस्तवीर तमू , पूर्व प्रहरी महानिरिक्षक हेमबहादुर तमू , स्यार्लोनाल्दोका
अध्यक्ष डेलमान तमू , सभासद सुर्यमान तमू , रुपन्देही शाखाका अध्यक्ष  कृष्णबहादुर
तमू , हङकङ शाखाका भोगेन्द्र तमू , यु.के. शाखाका सचिव भेगलाल तमू लगायतले
मानिसको संस्कार हराए जातिय पहिचान नै हराउने भन्दै संस्कार र संस्कृतिको
जर्गेनामा लाग्न सबै तमूहरुलाई अग्रह गरेका थिए ।
नेपाल तमू विद्यार्थी छोंज धि को इकाइ कमिटि गठन तिव्र
रोशनी तमू- २१ माघ पोखरा ।

नेपाल तमू विद्यार्थी छोंज धिं जिल्ला समिति स्याङ्जाले वालिङ्ग बहुमुखी क्याम्पसमा
चन्द्र तमू (कसान)को अध्यक्षताम १५ सदस्यीय इकाई कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्ष , सचिव , सहसचिव र कोषाध्यक्षमा क्रमशः युवाराज तमू ,
लेखराज तमू , विद्या तमू र औमाया तमू रहनु भएको छ । अन्य सदस्यहरुमा सोमबहादुर
तमू , रिमबहादुर तमू , दलकुमारी तमू , योमाया तमू , भरत तमू लगायत हुनुहुन्छ ।
तमू ह्युल छोंज धि का स्याङ्जा सभापति पदमराज तमूको प्रमुख अतिथ्यतामा
सम्मपन्न सो कार्यक्रममा तमू विद्यार्थी छोंज धिका केन्द्रिय प्रचार प्रसार एवं प्रकाशन
विभाग प्रमुख खिम तमू र स्याङ्जा जिल्ला अध्यक्ष ईश्वर तमूको विशेष उपस्थीति रहेको
थियो ।  
               तमु साँस्कृतिक प्रतिष्ठानले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने
               रोशनी तमू- पोखरा, माघ २२

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले नवौं विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
गर्ने भएको छ ।
प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही माघ २४ गते आइतबार उक्त
कार्यक्रम गरिने जानकारी गराइएको हो । उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने नाराका साथ अघि
बढेको सो प्रतिष्ठानले कार्यक्रममा २०६५ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण मध्ये
सर्वाधिक अंक ल्याउने तमु विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने प्रतिष्ठानका
अध्यक्ष झम तमुले जानकारी दिनुभयो ।
पोखरा सभागृहमा आयोजना हुने कार्यक्रममा यस वर्ष सम्मानित तथा पुरस्कृत हुने छात्र
छात्राहरुमा सार्वजनिक विद्यालयतर्फ मंगला उच्च मावि सोती पसल लमजुङका आकाश
तमु,  राष्ट्रिय उच्च मावि पूरानो टुँडीखेल पोखराका विनिता तमु र निजी विद्यालयतर्फ
देवदह अंग्रेजी आवासीय मावि रुपन्देहीका जोसेफ तमु, ग्राण्डि अंग्रेजी आवासीय
माविका रेश्मा तमु लगायत रहेका छन् ।
तमु साँस्कृतिक प्रतिष्ठानको नवौं विद्यार्थी सम्मान एवं पुरस्कार वितारण सम्पन्न
रोशनी तमू- माघ २४ पोखरा ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले आज पोखरामा नवौं विद्यार्थी सम्मान तथा पुरस्कार
वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा सभागृहमा भव्य समारोहका बीच सो कार्यक्रम गरिएको हो । “उच्च शिक्षा हाम्रो
लक्ष्य” भन्ने नाराका साथ अघि बढेको सो प्रतिष्ठानले २०६५ सालको प्रवेशिका परीक्षामा
उत्तीर्ण निजी र सरकारी विद्यालयमा अध्ययन गर्ने ४ जना तमू विद्यार्थीहरुलाई जनही
नगद रु. १० हजार मेडल र प्रशंसपत्रले सम्मान गरेको हो ।
आज पुरस्कृत हुने छात्र छात्राहरुमा सार्वजनिक विद्यालयतर्फ मंगला उच्च मावि सोती पसल
लमजुङका आकाश तमु, राष्ट्रिय उच्च मा. वि. पूरानो टुँडीखेल पोखराका विनिता तमु र
निजी विद्यालयतर्फ देवदह अंग्रेजी आवासीय मा. वि. रुपन्देहीका जोसेफ तमु, ग्राण्डि
अंग्रेजी आवासीय मा.वि.का रेश्मा तमु लगायत रहेका छन् । भने प्रतिष्ठानले वार्षिक रुपमा
वितरण गर्दे आएको छात्रवृत्ति कार्यक्रममा छनौट भएका ८ जना र गत वर्षको लागि छनौट
भएको ६ जना विद्यार्थीहरुलाई पनि छात्रवृत्तिको आलवा जनही नगद रु दुई
हजारका दरले प्रदान गरेको छ ।
प्रतिष्ठानले यस वर्षदेखि मात्रै शुरु गरेको नयाँ सम्मान विधामा यसवर्ष तमू संस्कृतिको
क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै पोखराका वरिष्ट संस्कृतिकर्मी एवं पूर्व
प्रधानध्यापक लोकबहादुर तमू , यसैगरि तमू भाषा र पत्रकारिताको क्षेत्रमा उत्कष्ट
योगदान पु¥याएको भन्दै देवदह रुपन्देहीका भिम तमू  एवं तमू एकता र शिक्षाको क्षेत्रमा
महत्वपूर्ण योगदान पु¥याएको भन्दै तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषका केन्द्रिय
अध्यक्ष प्राध्यपक डा.गणेशमान तमूलाई नगद र ताम्रापत्रले सम्मान गरेको छ ।
कार्यक्रममा विषेश सहयोगी साहारा एफ.सी यु.के र मुख्य प्रायोजक तमू धिं एसोसियशन
यु.के.ले गरेका थिए । प्राध्यपक डा.विरेन्द्रसिहं तमूको प्रमुख अतिथ्यतामा सम्पन्न
कार्यक्रमा तमू धिं एसोसियशन यु.के.का संस्थापक अध्यक्ष मिनप्रसाद तमू , सचिव ज्ञान
तमू , साहार एफ.सी.यु.के.का सल्लाहकार हिमाल तमू , तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय
पषिदका केन्द्रिय अध्यक्ष प्राध्यपक डा.गणेशमान तमू लगायतले आ, आफनो मनतव्य
राखेका थिए । भने गुरुङ फिल्म एसोसियशन , हिमाली साँस्कृतिक परिवारका
साथै गायक मिलन लामा , गायिका मौसमी गुरुङ, अञ्जना गुरुङ, गण्डकी तारा मनोज
गुरुङ लगायतका कलकारहरुले विभिन्न साँगेतिक कोसेलीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष झम तमूको सभापत्तित्वमा सम्पन्न भएको थियो ।
यौन रोग र महिला हिंसा अन्त्य गर्न ग्रामिण क्षेत्रमा कार्यक्रम आवश्यक
रहेकोमा जोड   फागुन ०२
, २०६६- उत्तम पण्डित्

समाजमा हुने महिला हिंसा र एच.आई.भी एड्स तथा यौन जन्य रोग नियन्त्रण गर्न
ग्रामिण क्षेत्रमा प्रभावकारी कार्यक्रम आवश्यक रहेको आज पोखरामा आयोजीत एक
कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । कम्युनिटि सर्पोट ग्रुप (सि एस जी) ले आयोजना
गरेको महिला हिंसा र एच आई भी एड्स कार्यक्रम परियोजनाको अभिमुखिकरण
कार्यक्रममा बोल्ने सरोकारवालाहरुले सो कुरा औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै क्युनिटि सर्पोट ग्रुपका अध्यक्ष मनोज गुरुङ्ले महिला हिंसाले गर्दा नै
समाजमा एच.आई.भि एड्स लगायतका यौन जन्य संक्रमण  बढ्दै गएको बताउनु भयो ।
नेपालका हरेक ग्रामिण क्षेत्रमा हुने समस्या सो क्षेत्रको स्थानिय निकायले थाहा पाउनु पर्ने
बताउदै गुरुङ्ले स्थानिय निकायका कर्मचारहिरुले थाहा पाएमा गांउ गाँउमा हुने विकृति
नियन्त्रणमा सरकारी पौँच पुग्ने धारण व्यक्त गर्नु भयो ।

ग्रामीण क्षेत्रमा कम जनशक्तिले धेरै काम गर्नुपर्ने भएकाले ग्रमीण क्षेत्रमा हुने हिंसा एंव् यौन
जन्य विकृति विसंगती सरकारी प्रयासबाट मात्रै  पूर्ण रुपमा नियन्त्र गर्न  असम्भव
भएकाले गैर सरकारी संस्थाहरुले यस्ता कार्यक्रममा ध्यान केन्द्रित गर्नुपर्नेमा  भलाम गा
वि स कासचिव टिकाराम आचार्य, लामाचौर गा वि स का सचिव चन्द्र कान्त तिमिल्सीना
र ढिकुर पोखररी गा वि स का सचिव नारायण अधिकारी लगाका वत्ताहरुले  जोड दिनु
भएको थियो ।

महिला हिंसा र एच आई भी एड्स कार्यक्रममा संयोाजक मायाँ गुरुङ्ले उक्त योजना वारे
प्रकाश पार्नुभएको थियो ।

विभिन्न दातृ नियको सहयोगमा कम्युनिटि सर्पोट ग्रुप पोखराले कास्की,वाग्लुङ् तँनहु,
स्याङ्जा लगायतका जिल्लाहरुमा महिला हिंसा र एच आई एड्स बिरुद्ध जनचेतना मुलक
एवं आर्थिक सहयोगमा आधारित विभिन्न कार्यक्रमहरु संचालन गरिहेको अध्यक्ष मनोज
गुरुङ्ले जानकारी दिनु भयो ।