• ads
  • Air
  • Your Comments
HTML Comment Box is loading comments...
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
देश बिदेशका  मुख्य समाचारहरु  
  • counter hits
free counters
  • नयाँ भिडियो
  • तेस्रो मर्स्यांग्दी नाइट २०११
jpthk.com on Facebook
हङ्कङ्-१ जुलाई २०११ को साँझ हङ्कङ्को युनलोङ थिएटरमा तेश्रो मर्स्याङ्दी साँझ भब्य
रुपमा सम्पन्न भयो । लमजुङ् सेवा समिति,हङ्कङ्ले आयोजना गरेको उक्त सांस्कृतिक
कार्यक्रममा महाबाणिज्यदूत बिनोद कुमार उपाध्यायले रिबन काटेर उदघाटन् गरेका थिए ।
कार्यक्रमको आरम्भमा लमजुङ् सेवा समिति,हङ्कङ्का अध्यक्ष पन्च प्रसाद गुरुङ्ले सम्पूर्ण
पाहुनाहरुलाई स्वागत गर्दै कलाकारहरुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने
सबैलाई धन्यवाद दिएका थिए । सुबाश गुरुङ्ले सन्चालन गरेको उक्त कार्यक्रमको सुरुवात
कौरा नृत्यबाट गरिएको थियो ।      नेपालबाट चर्चित लोक गायक राजु परियार अनि
गायिका निशा सुनारका साथै अन्य नृत्य कलाकारहरुका साथै हङ्कङका तमु कलाकार
परिवारका कलाकारहरुले आ-आफ्नो कला प्रस्तुती गरेका थिए ।
                     लोक गायक राजु परियारले आफ्ना नयाँ गीतका साथै पुराना गीतहरु
गाएर दर्शकहरुलाई छमछमी नचाए । यसै गरी गायिका निशा सुनारले पनि दर्शकहरुलाई
स्टेजमा नै आएर नाच्न बाध्य पारिन । बोल्नमा फराशिली गायिका निशा सुनारले दर्शकहरु
संग निक्कै ठट्टा गरेर रमाइलो गरिन । हङ्कङका तमु सांस्कृतिक परिवारका कलाकारहरुले
नेपालका अत्यन्तै लोकप्रिय लोक नृत्यहरु,जुन अहिले लोप हुने अवस्थामा रहेको मारुनी,
चुढ्काका साथै कृष्ण चरित्र जस्ता नृत्यहरु प्रस्तुत गरेर दर्शक हरुको तालिको गड्गडाहट्का
साथै वाहवाही बटुल्न सफल भएका थिए । कार्यक्रमको मध्य तिर एउटा प्रहसन प्रस्तुत गरेर
मनोरन्जन दिलाएका थिए र अन्त्यमा राजु परियार अनि निशा सुनारको साथमा हङ्कङका
स्थानीय कलाकारहरुले झिम् झिम् सानु नझिम्काउ परेली...भन्ने भाकामा दोहोरी गीत
गाएर दर्शकहरुलाई नचांउदै कार्यक्रमको बिट मारेका थिए ।बेलुकी ८ बजे सुरु भएको उक्त
सांस्कृतिक कार्यक्रम रातिको ११:३० बजे समाप्त भएको थियो ।   
Chetman Gurung