|
| देश बिदेशका मुख्य समाचारहरु |
| लाली गुरांस साँझ छैटौ भब्यताका साथ सम्पन्न बिगतका बर्षहरु जस्तै पुन यस बर्ष पनी लाली गुरांस एस्सोसिअसन हंगकंगको ब्यानरमा विशाल गुरुंग, चेतन गुरुंग र हिमाल राना ले चिनिया नया बर्षको अबसर पारी लाली गुरांस साँझ ६ को आयोजना गरी गत १६ फेब्रुअरी २०१० का दिन भाब्याताका साथ सम्पन्न गर्यो । यून लोन थेयटर हलमा सम्पन्न उक्त साँझमा नेपालका ख्याति प्राप्त ब्यान्ड नेपथ्यको साथमा हास्य टेली सीरियल जीरे खुरसानीका मुन्द्रे , रातामकै , मुखमा हान्नु जस्तो र साथमा एज ब्यान्डका गायक जीवन गुरुंग र चर्चित पप गायक बिजय लामाको बेजोड़ प्रस्तुति थियो । करीब करीब पुरै हॉल भरिएको यस साँझमा नेपालका चर्चित ब्यान्ड नेपथ्यले त्यहा उपस्थित सबै दर्शकहरुलाई आफ्नो गीतमा झुमाएका थिए। समयको अभाबका कारणले गर्दा नेपथ्य ब्यान्डको गीत धित मर्ने गारी सुन्न नपाएको गुनासो त्याहा उपश्थित दर्शकको भनाइ थियो। नेपथ्य ब्यान्डले आफ्नो पुराना एल्बममा रहेका केही चर्चित गीत र अब चाडैनै बाजारमा आउनु लागेको नया एल्बमको कही गीत प्रस्तुत गरेका थिए भने जीरे खुर्सानि यूनिटले नेपालको समसामयिक बिषयलाइ लिएर बनाएको एक प्रहसन प्रस्तुत गरेका थिए । |