|
| देश बिदेशका मुख्य समाचारहरु |
| हङकङ, मार्च १४ तारिख, नेपालमा प्रकाशित हुने प्रसिद्व हिमाल खबर पत्रिकाले हङकङका प्रबुद्व नेपालीहरुबीच यहि मार्च १४ तारिख याउ मा तेई कम्यूनिटी हलमा ‘संघीयता र जातीय स्वासमयत्त प्रदेश’ विषयक ‘हिमाल बहस’ कार्यक्रम सम्पन्न गयो। उक्त बहसमा हङकङका विभिन्न संघ/संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, व्यावसायिकहरु, राजनैतिक पार्टीका स्थानिय नेताहरु, बुद्विजिबिहरु, पत्रकारहरु सहभागिता थियो। कार्यक्रमका संयोजक जेबी पुन मगरले कार्यक्रमको विषय र यसको महत्वबारे सलाईड मार्फत संक्षिप्त जानकारी दिए पछि बहस शुरुभएको थियो। अत्यन्तै शिष्ट तथा अनुशासितरुपमा भएको बहसमा पक्ष र विपक्षमा मतमतान्तर भएको थियो। करीब ३ घण्टाको समय भित्र पहिलो खण्डमा विचारहरु तथा दोस्रो खण्डमा समाधानबारे बहस भएको थियो। संघियताबारे यस भन्दा पहिले पनि केही संघ/संस्थाहरुले गरेपनि यसरी हङकङका सबै वर्ग, समूह र समुदायहरुलाई एउटै मञ्चमा राखेर गरिएको भने पहिलो हो। यसलाई हङकङका प्रबुद्व वर्गहरुले एउटा राम्रो शुरुवाट भनेका छन्। ‘यस्तै सहयोग तथा शुभेच्छा रहेमा नेपालका समसामायिक विषयहरुमा आगामि दिनहरुमा हङकङबासीहरुसँग यस्तै किसिमका कार्यक्रमहरु गर्दै जाने सोच रहेको छ’ कार्यक्रमका संयोजक जेबी पुन मगरले भने। यो बहसबारे हिमाल खबर पत्रिकाले आगामि अंकमा प्रकाशित गर्ने भएको छ। Indra L.G |