• भारतीय गोर्खा भूपू सैनिक संघले मनाए गणतन्त्र दिवस २०११
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
HTML Comment Box is loading comments...
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
  • नयाँ भिडियो
jpthk.com on Facebook
भारतीय गोर्खा भूपु सैनिक संघ, हङ्कङ्को गठन संगसंगै गणतन्त्र दिवस सम्पन्न !

मुक काजी गुरुङ्, हङ्कङ् - गत १९ सेप्टेम्बर २०१० का दिन भारतीय गोर्खा भूपु
सैनिकहरुले स्याङ्जा जनसेवा समिति हङ्कङ्का सल्लाहकार तथा ताउ लेक समाज स्याङ्जा
हङ्कङ्का उपाध्यक्ष जंग बहादुर गुरुङ्को नेतृत्वमा १७ सदस्यीय नयां कार्य समितिको चयन
सहित भारतीय गोर्खा भूपु सैनिक संघ हङ्कङ् स्थापना गरेका छन।
१७ सदस्यीय कार्य समितिको नामावली यस प्रकार रहेको छ
१,अध्यक्ष-जंग बहादुर गुरुङ्
२,उपाध्यक्ष-दिल कुमार गुरुङ
३,सचिव-मन प्रसाद गुरुङ
४,सह-सचिव-दुर्जोधन लिम्बु
५,कोषाध्यक्ष-जजीन चाम्लिङ राई
६,सह-कोषाध्यक्ष-कलजीत गुरुङ्
७,सदस्य-मुक काजी गुरुङ्
८,सदस्य-बिर बहादुर गुरुङ्
९,सदस्य-दीपेन्द्र राई
१०,सदस्य-केशव राई
११,सदस्य-खडग बहादुर लिम्बु
१२,सदस्य-खम्बसिं गुरुङ्
१३,सदस्य-जय राम राई
१४,सदस्य-चित्र बहादुर गुरुङ्
१५,सदस्य-नारद राई
१६,सदस्य-कुल प्रसाद गुरुङ्
१७,सदस्य-कुल बहादुर
सल्लाहकारहरु:-
१,सुबेदार मेजर,अनेरी क्याप्टेन खु बहादुर गुरुङ्
२,सुबेदार डिबी लिम्बु र
३,खडग बहादुर लिम्बु

  भारतीय गोर्खा भूपु सैनिकहरुको हकहित र अधिकारको लागि स्थापना गरिएको यो
संस्थाले हङ्कङमा रहेका आम भारतीय भूपुहरुलाई समेट्दै एक आपसमा हातेमालो गर्दै र
हङ्कङ् स्थित अन्य संघसंस्थाहरुसंग पनि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जाहेर
गरेको छ भने संस्थाको मूल लक्ष्य तथा उद्धेश्य भनेको हङ्कङमा रहेका भारतीय गोर्खा
भूपुहरुको दुख तथा सुखमा पनि साथ दिने र विशेष गरेर रिटायर्ड जिवन पछि दोस्रो
रोजगारीको शिलशिलामा हङ्कङमा रहेका आम भूपुहरुको पेन्सन सम्बन्धी पहल गर्ने साथै
हङ्कङमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको दुखमा पनि सक्दो सहयोग
गर्ने रहेको छ। हङ्कङ्को ब्यस्त जिवनको ब्यस्त परिवेशमा पनि यो संस्थाले गत डिसेम्बर
२०,२०१० का दिन बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा 'बडा खाना'
नामक कार्यक्रम सम्पन्न गरी खुशीयाली मनाई सकेका छन। जुन भारतीय सेनामा नेपालीहरुले
दशैं तथा तिहारको अवसरमा धुमधामका साथ 'बडा खाना' ' कार्यक्रम गरेर मिठामिठा
खानेकुराहरु खाएर तथा रमाईलो नाचगान गरेर मनाउने गर्दछन।
  यसै गरी भारत एउटा गणतन्त्रको देश भएको हुनाले र भारतमा २६ जनवरीका दिनलाई
गणतन्त्र दिवसको रुपमा मनाउंने गरिन्छन। यसै मुताबिक भारतीय गोर्खा भूपुहरुले पनि
संस्था स्थापनाको पहिलो पटक २६ जनवरी २०११ का दिन गणतन्त्र दिवस (२६
जनवरी) निकै भब्यताका साथ साथ औपचारिक तथा सांस्कृतिक तवरले मनाए।

कार्यक्रमको शुरुवात औपचारिक कार्यक्रमबाट थालिएको थियो। संघका अध्यक्ष जंग
बहादुर गुरुङ्को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा भारतीय
महावाणिज्यदुतका प्रतिनिधि अमित सिक्रि हुनुहुन्थ्यो भने विशेष तथा अन्य अतिथिहरुमा
ब्रिटिस गोर्खा भूपु सैनिक संघ तथा गेसोका केन्द्रिय सदस्य मंणि किरांत बान्तवा राई र
संघकै सल्लाहकारहरु सुबेदार मेजर तथा अनेरी क्याप्टेन खु बहादुर गुरुङ,सुबेदार खडग
बहादुर लिम्बु र सुबेदार डिबी लिम्बु हुनुहुन्थ्यो। यसै गरी मिडियाहरुमा जेपीटी एचके डट
कम र मुल बाटो डट कम थिए।

  प्रमुख अतिथि भारतीय महावाणिज्यदुतका प्रतिनिधि अमित सिक्रिबाट दीप प्रज्ज्वलन
गरि उद्दघाटन गरिएको कार्यक्रममा संघका सह-सचिव दुर्जोधन लिम्बुको स्वागत मन्तब्य
रहेको थियो भने कार्यक्रम संघकै सचिव मन प्रसाद गुरुङ् र कोषाध्यक्ष जजिन चाम्लिङ्
राईले सञ्चालन गर्नु भएको थियो। शुभकामना तथा स्वागत मन्तब्यको क्रमसंगै प्रमुख
अतिथि र विशेष अतिथिलाई शुभकामना मन्तब्य राख्न दिइएको थियो। प्रमुख अतिथि
भारतीय महावाणिज्यदुतका प्रतिनिधि अमित सिक्रिले बोल्दै भन्नु भयो,हङ्कङ् जस्तो ठाउंमा
पनि भारतीय गोर्खा भूपु सैनिक संघ स्थापना गरेको र आज गणतन्त्र दिवसकै दिन संघले
गणतन्त्र दिवस मनाउंन गई रहेकोमा ज्यादै खुशी लागेको विचार ब्यक्त गर्नु भएको थियो
भने संघलाई कुनै पनि समय कुनै सल्लाह तथा सहयोगको आवश्यक्त पर्दछ भने भारतीय
दुताबासबाट आवश्यक्त अनुसारको सल्लाह तथा सहयोग प्रदान हुने कुरामा विश्वस्त
दिलाउंनु भएको थियो। यसै गरी ब्रिटिस गोर्खा भूपु सैनिक संघ हङ्कङ् तथा गेसोका केन्द्रिय
सदस्य मंणि किरांत बान्तवा राईले पनि हङ्कङमा भारतीय गोर्खा भूपु सैनिक संघ स्थापना
भएकोमा खुशी प्रकट गर्दै प्रवासको यो ठाउंमा आउंदो दिनहरुमा दुबै संघ हातमा हात र
कांधमा कांध मिलाउंदै अगाडि बढ्नु पर्नेमा जोड दिदै आफुलाई आजको गणतन्त्र दिवसको
अवसरमा विशेष अतिथिको रुपमा आमन्त्रित गरिएकोमा संघ तथा संघका सम्पूर्ण
परिवारहरुलाई पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो।

  यसै गरी औपचारिक कार्यक्रमको अन्तमा भने कार्यक्रमका सभापति तथा संघका अध्यक्ष
जंग बहादुर गुरुङ्ले प्रमुख अतिथि,विशेष अतिथि तथा अन्य अतिथि महानुभाव लगायत
आजको गणतन्त्र दिवसलाई सफलताका साथ सम्पन्न गर्ना उपस्थित हुनु भएका सम्पूर्ण
भारतीय गोर्खा भूपु सैनिक संघ परिवारलाई हिर्दय देखि नै धन्यवाद टक्र्याउंनु भएको थियो
र वहांले बोल्दै भन्नु भयो, यो संघ भनेको सम्पूर्ण भारतीय गोर्खा भूपुहरुको दुख अनि सुखमा
पनि साथ दिने संस्था भएको हुनाले हङ्कङमा छरिएर बसि रहनु भएका सम्पूर्ण भारतीय
गोर्खा भूपु सैनिक दाजुभाइ तथा दिदीबहिनीहरुलाई संघमा आवद्ध भई हातेमालो गर्दै
अगाडि बढौं र आजको यस कार्यक्रममा आफुले सोंचेको भन्दा बढी मात्रामा भूपुहरुको
उपस्थिति रहेकोमा अति नै खुशी प्रकट गर्दै आउंने दिनहरुको कार्यक्रममा अझ यो भन्दा
बढी मात्रामा यहांहरुको उपस्थितिको लागि हार्दिक आग्रह गर्दै औपचारिक कार्यक्रम
समापन गर्नु भएको थियो।

  औपचारिक कार्यक्रमको अन्त पछि भने गत डिसेम्बर २०,२०१० का दिन आयोजित
'बडा खाना' कार्यक्रमको सांस्कृतिक कार्यक्रममा प्रथम,दितिया र तृतिया भूपु सैनिक संघकै
जोडीहरुलाई हौसला स्वरुप संघका अध्यक्ष जंग बहादुर गुरुङ्द्वारा खादा ओढाएर सम्मान
गरिएको थियो। यसै गरी संघ स्थापना भएको छोटो समयमा नै संघलाई भरपूर सहयोग
गरेर संघलाई अझ चौतर्फी प्रचार प्रसार गर्नमा विशेष योग्दान दिनु हुने संघकै सह-सचिव
दुर्जोधन लिम्बु,संघकै सदस्यहरु कृष्ण बहादुर् गुरुङ् र चित्र बहादुर थापालाई पनि भारतीय
महावाणिज्यदुतका प्रतिनिधि तथा संघका अध्यक्ष जंग बहादुर गुरुङ्ले खादा ओढाएर
सम्मान गरियो। यसै गरी संघमा आवद्ध भएर पनि मिडियाको क्षेत्रमा सक्रिय भए बापत
संघबाट म स्वयं पनि सम्मानित भएको थिएं।

  यसरी औपचारिक कार्यक्रमको साथसाथमा गणतन्त्र दिवसमा उपस्थित तमाम भूपु
दाजुभाइ तथा दिदीबहिनीहरुले भारतीय सेनामा कार्यरत हुंदा पल्टन घरको 'बडा खाना'
तथा पार्टीहरुमा खाइने गोर्खा चट्नी र अन्य परिकारहरु निकै चाख मानी मानी खाई रहेका
देखिन्थ्यो भने कतिपय नम्बरी नम्बरीनीहरु आपसमा भलाकुसारी गर्दै फोटो सेसनतिरा पनि
ब्यस्त देखिन्थ्यो र अधिकांश भूपुहरु पल्टन घरमा लगाईने मुफ्ती कोट र रेजिमेन्टल टाईमा
थिए भने भूपुनीहरु हरियो साडीमा अप्सरा झैं सजिएर आएका थिए र हलमा निकै मिठास
नेपाली म्यूजिकहरु पनि घन्किरहेको थियो। के खोज्छस कानो ईच्छुक भूपु तथा भूपुनीहरु
मञ्चमा गएर आफ्नो कला प्रदर्शन गरि हाले। समयले पनि निकै कोल्टे फेरि सकेको हुंदा
आउंने कार्यक्रममा भेट्ने वाचा राख्दै इन्डिया क्लबको त्यो हल रित्तिएको थियो।
प्रस्तोता-
मुक काजी गुरुङ्
सदस्य-भारतीय गोर्खा भूपु सैनिक संघ,हङ्कङ्
सम्वाददाता-
तमु प्ये ल्हु संघ,हङ्कङ्