You are here

तमु ट्हाे ह्युल हङकङ द्वारा तमु संचारकर्मीहरू संग भेटघाट

१८ फेब्रुअरी २०१६, हङकङ तमु ट्हाे ह्युल हङकङ द्वारा १३९ लखन दिवस कार्यक्रममा हङकङ अाउनु भएका नेपाल आदीवासी जनजाति पत्रकार महासंघका अध्यक्ष, तमु सञ्चारकर्मी संघका अध्यक्ष तथा ABC टेलिभिजनका पत्रकार तथा नेपाल सरकारले सुचना तथा संचार नीति परिमार्जन गर्न गठित उच्चस्तरीय सुझाव समिति सदस्य श्री डण्ड बहादुर तमु,फाेटाेपत्रकार लाला तमु र समाजसेवी लक्ष्मी तमु ज्यूलाई नमाे बुद्ध क्लब हाेउस हङकङ स्थित भेटघाट तथा सम्मान कार्यक्रम गरिएको थियोे ।अध्यक्ष गणेश तमु, निवर्तमान अध्यक्ष तथा सल्लाहकार सुरेश तमु, सल्लाहकारहरू धर्म कुमार तमु, टीका तमु, धर्म तमु, फाेटाेपत्रकार बिक्रम तमु, एनअारएन महासचिव निरन्जन तमु लगायत अन्य उपस्थित तमु व्यक्तिहरू ले खादा लगाई सम्मान गरिएका थियो ।सम्मानित नेपाल आदीवासी जनजाति पत्रकार महासंघका अध्यक्ष, तमु सञ्चारकर्मी संघका अध्यक्ष तथा ABC टेलिभिजनका पत्रकार श्री डण्ड बहादुर तमुले तमु पत्रकार नेपालमा १६२ जना मात्र रहेको तमुहरू यस क्षेत्रमा संख्या हिसाबले निकै कम भएको ले तमुहरू लेख, अावाजहरू पछाडि परिरहेको छन् बताए। तमुहरू पनि यस क्षेत्रमा लाग्नु पर्ने र तमु संचारकर्मी संघ नेपालले तमु पत्रकारहरू लाई अावश्कता अनुसार तालिम अार्थिक सहयोग र बार्षिक ८ जना पत्रकारहरू लाई सम्मान गरिदै अाएकाे र विश्व भरि तमुहरू काे गतिविधि तमुहरू माझ पुगाे भनेर www.gurungnews.com अन्लाईन साईड पनि संचालन तमु संचारकर्मी संघ नेपालले गरेको बताउनु भयो।तमुहरू काे बिषयमा तमुहरू अाफु अाफुमा नै खाईराे खन्ने प्रवृत्ति भएको ले अरू ले फाईदा लिई रहेको तमुहरू अाफु अाफुमा जेजस्तो भएता पनि अन्तमा एकजुट भएर जानू पर्ने स्व. डा. हर्क बहादुर तमुकाे भनाई राख्नु भएको थियो ।त्यसै गरि अर्का सम्मानित फाेटाेपत्रकार लाला तमुले यसरी हङकङमा सम्मानित हुन पाउँदा हर्षित भएको बतउनु भयाे।कार्यक्रम समापन अध्यक्ष गणेश तमुले तमु संचारकर्मीहरू ले विश्व भरि तमुहरू काे हकहितकाे लागि कलम निरडर भएर काेर्नु पर्ने बताएनु भएको थियो ।सचिव झम बहादुर तमुले कार्यक्रम संचालन गरेका थिए भने निवर्तमान अध्यक्ष सुरेश तमुले स्वागत मन्तव्य राखेका थिए।

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer