You are here

हङकङ पुलिस फोर्समा तेस्रो तथा महिलामा पहिलो नेपाली २०बर्षे मिरा पुन मगर छनोट ।

१३ डिसेम्बर २०१७ हङकङ, म्यादी जिल्ला पाउदार गाउँमा (अन्नपूर्ण गाउँ पालिका) बाजे बल बहादुर पुन मगर र बजै मनिसरा पुन मगर हाल नेपाल चितवन र युङलुङ हङकङ निवासी बाबा कासि पुन मगर र आमा दिपा पुन मगरकाे जेठि छाेरि मिरा पुन मगर छनाेट भएको छ। हिमालयन परियोजना युनलोंग जिल्लाले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा सहभागीता हुदै सोही परियोजनाकै मार्ग दर्शनमा आज मिरा पुन मगर हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएका छन् ।हिमालयन् परियोजनाले युङलुङ स्थित पुलिस स्टेशनमा अवस्थित कार्यकक्षाको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा हङकङ पुलिस फोर्स, युनलोंग जिल्लाका डिप्युटी कमान्डर लगायत अन्य पुलिस अफिसरहरुको पनि सहभागिता रहेको थियो। मिराले हङकङ पुलिस फोर्सको तालिम ६ महिनाको हुने र ६ महिना तालिम पुरा गरे पश्चात मिराले हङकङ पुलिस फोर्सको पोशाक पहिरिने छन् ।हङकङ पुलिस फाेर्समा सन् २०१६मा निरज गुरुङ र सन् २०१७ मा कुशल गुरुङ छनाेट भई हङकङमा कार्यरत छन् भने मिरा नेपाली महिला तर्फ पहिलो र पुलिस फाेर्समा तेस्रोमा पर्छिन।

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer